मुख्यमन्त्री शाहीले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री शाहीले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी


११ जेष्ठ २०७७, आइतबार


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षामा खटिएका स्कटिङ गर्ने गाडीसहित ८ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएका हुन् ।

उनले कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको बताएका छन् । उनले भने, ‘कोरोना महामारीको रोकथाममा केही सजिलो होला भनेर फिर्ता गरेको हुँ ।’

एक–एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर मुख्यमन्त्रीको सरक्षका लागि खटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस