राष्ट्रियसभा सांसद र संघीय संसदको लोगो फेरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रियसभा सांसद र संघीय संसदको लोगो फेरिने


११ जेष्ठ २०७७, आइतबार


काठमाडौं । सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार राष्ट्रियसभा सांसद र संघीय संसदकोे लोगो फेरिने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय संसदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको हो ।

हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र छुटेको छ । राष्ट्रियसभाले संघीय संसदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

जेठ १२ गते बस्ने भनिएको राष्ट्रियसभाको बैठक जेठ १३ गतेका लागि सारिएको छ । मुस्लिम समुदायको इदुल फित्र चाड १२ गते परेकाले जेठ १३ गतेका लागि बैठक तोकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस