डिल्लीबजार कारागारमा झडप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डिल्लीबजार कारागारमा झडप


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

आन्तरिक विवादले उग्र रूप लिँदै झडपमै परिणत भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको एक प्रहरी अधिकृतले प्रशासनलाई बताएका छन् ।

कैदीबन्दीले कारागारभित्रै नाराबाजी गर्दै कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरेका छन् ।

प्रहरी अधिकारीका अनुशार चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको बताएका छन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस