२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाको व्यासमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सांसद ठगुन्नाको माग

अ+ अ-

दार्चुला । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिङ्करका स्थानीयवासी खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गरेका हुन् । नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उनले माग गरे ।

दार्चुलाका व्यास, छाङरु र तिङ्करका स्थानीयवासी बिहीबार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन् । उनीहरु चार दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीयवासी नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन् । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उनले माग गरेको छ ।

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए। विगतभन्दा यो पटक बढी स्थानीयवासी बसाइँ सरेका छन् । यो पटक बालबालिकासमेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन् । बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन् ।

यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए । यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमानाका बन्द भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि सांसद ठगुन्नाले सरकारसँग आग्रह गर्नुभएको छ । यहाँका स्थानीयवासीले यो पटक वैशाखमै लगाउनुपर्ने खेती पनि लगाउन पाएका छैनन् । यसकारण तत्काललाई हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने स्थानीयवासीको माग छ ।

नेपालतिर अहिले नेपाली सेनाले बाटो खोल्ने काम शुरु गरेको छ । नेपालतिर बाटो खुल्यो भने खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस