२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड १९ खोप परीक्षणको प्रारम्भिक नतिजा सकारात्मक

अ+ अ-

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) खोप परीक्षणको प्रारम्भिक नतिजा सकारात्मक देखिएको छ । अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले निर्माण गरेको कोभिड–१९ खोप लगाएका स्वयंसेवकहरूको प्रारम्भिक नतिजा सकारात्मक देखिएको हो ।

अमेरिकी बायोटेक कम्पनीका प्रमुख स्वास्थ्य अधिकारी डा. ताल जक्सले राष्ट्रिय स्वास्थ्य संगठनसँगको सहकार्यमा विकास गरिएको सो खोपसम्बन्धी आगामी परीक्षण पनि प्रभावकारी भएमा अर्को वर्षको जनवरीसम्म सर्वसाधारणका लागि खोप उपलब्ध गर्न सकिने बताएका छन् ।

डा. जक्सले भने, ‘यो अत्यन्तै खुसीको खबर हो जसलाई हामीले धेरै समयदेखि पर्खिरहेका थियौँ ।’

यो डाटा क्लिनिकल ट्रायलको पहिलो चरणबाट प्राप्त नतिजा हो जुन अध्ययन एकदम थोरै मान्छेमा केन्द्रित हुन्छ । यसमा खोप सुरक्षित छ कि छैन र हाम्रो शरीरको प्रतिरोघात्मक प्रणालीले यसविरुद्ध कस्तो प्रतिक्रिया दियो भन्नेसम्बन्धी जाँच गरिन्छ ।

नेसनल इन्स्टिच्युट अफ हेल्थले नेतृत्व गरेको यो अध्ययनको नतिजा अहिलेसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको भने छैन । क्याम्ब्रिजमा अवस्थित मोडेर्ना बायोटेक कम्पनी, कोरोनाविरुद्धको खोप निर्माणमा मान्छेमा ट्रायल गर्ने विश्वका आठ कम्पनीमध्ये पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसबाहेकका दुई अन्य खोप निर्माता अमेरिकामा छन् भने, एउटा युनिभर्सिटी अफ अक्सफोर्ड, ब्रिटेन र चारवटा चीनमा छन् । कोरोना भाइरसको खोप निर्माण गर्न अप्रत्याशित गतिमा विश्वभरका ८० समूह जुटेका छन् ।

मोडेर्नाले दर्जनौँ सहभागीमा खोपको प्रयोग गरेको थियो र तीमध्ये आठजनाको एन्टिबडी मापन गरेको हो । यसमा आठैजनाले भाइरसलाई असर नगर्ने एन्टिबडिज विकसित गरेका हुन् । सो एन्टिबडिजको स्तर कोभिड–१९ बाट आफैँ ठीक भएका बिरामीबराबर या सोभन्दा माथि रहेको पाइएको कम्पनीको भनाइ छ । ‘न्युट्रलाइजिङ एन्डिबडिज’ अर्थात् कारोनालाई असर नगर्ने एन्टिबडिजले भाइरसलाई मानव सेलमाथि आक्रमण गर्न दिँदैन ।

‘प्रतिरोघात्मक प्रणालीले ती एन्टिबडिजमार्फत देखाएको प्रतिक्रियाले वास्तवमै भाइरसलाई रोक्न सक्ने हामीले प्रस्तुत गरेका छौँ । र मेरो विचारमा कोरोनाविरुद्ध खोप निर्माणको यात्रामा यो पहिलो सफल कदम अधिक महत्त्वपूर्ण छ’ डा. जक्सले भने ।

यस्तै, मोडेर्नासँग संलग्न नरहेका अर्कै कम्पनीका एक खोपविद्ले पनि सो नतिजा वास्तवमै प्रभावशाली भएको बताएका छन् ।

अमेरिकामा खोप अध्ययनसम्बन्धी नयाँ फ्रेमवर्क स्थापित गरारहेको ‘एनआइएच प्यानल’ का सदस्य डा. पल अफिटका अनुसार यो नतिजाले एन्टिबडीले भाइरसलाई असर नगर्नुका साथै हाम्रो सेललाई संक्रमणबाट पनि जोगाउन सक्ने स्पष्ट पारेको छ । तर ल्याबमा गरिएको परीक्षणले खोपसम्बन्धी आशावादी नतिजा देखाए पनि वास्तविक दुनियाँमा त्यसले कत्तिको मान्छेलाई बचाउन सक्नेछ भन्ने थाहा पाउन अझै बाँकी छ ।

अहिलेका लागि भने अमेरिकाको खाद्य तथा औषधि विभागले सो कम्पनीलाई दोस्रो चरणको ट्रायल सुरु गर्न अनुमति दिइसकेको छ । यो दोस्रो चरणमा भने रिसर्चको स्तर बढाउँदै सयौँ मानिसमाथि परीक्षण गरिनेछ । मोडेर्नाले तेस्रो र सबैभन्दा ठूलो स्तरको क्लिनिकल ट्रायल आगामी जुलाइदेखि नै सुरु गर्ने योजना बनाएको छ जसमा हजारौँ मानिसलाई सहभागी गराउनुपर्ने हुन्छ ।

गत जनवरीमा अमेरिकाको ‘नेसनल इन्स्टिच्युट फर एलर्जी एन्ड इन्फेक्टिसियस डिजिज’ का निर्देशक डा. एन्थोनी फोसीले कोरोनाविरुद्धका कुनै पनि खोप बजारमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने बताएका थिए । मोडेर्ना खोपको सन्दर्भमा पनि त्यही अनुमान लागू हुने बताइएको छ ।

खोप अर्को वर्ष जनवरी वा जुनसम्ममा बजारमा आउने भनिएको हो ।

मोडेर्नाको अध्ययनमा बढी डोज प्रयोग गरिएका तीनजना सहभागीमा भने ज्वरो र फ्लु जस्तो लक्षण देखापरेको थियो । यस्तोमा मोडेर्नाले तेस्रो चरणको ट्रायलको डोज अध्ययनमा २५ देखि १०० माइक्रोग्राम प्रयोग गर्ने बताएको छ ।

तर अझै पनि धेरै जानकारी हासिल गर्न र रिसर्च गर्न आवश्यक रहेको हुँदा यो भ्याक्सिनले मान्छेलाई शतप्रतिशत सुरक्षित राख्नेछ भन्ने ग्यारेन्टी नभएको बताइएको छ । तर यसले मान्छेको प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्ध लड्न ट्रेन गर्न सक्ने बताइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको खोप पनि मान्छेहरूमा परीक्षण गरिएको छ तर अहिलेसम्म त्यसबाट कुनै नतिजा भने प्राप्त नभएको बताइएको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस