२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिचरा कोरोना केही जान्दैन

कविता

अ+ अ-

गाँस मागेको होइन, कपास मागेको होइन
सुरक्षा मागेको होइन
अधिकार के हो, उसलाई थाहा पनि छैन
उ त बास खोजिरहेछ,
केवल बास ।

कठै बिचरा यो कोरोना
कहाँ बस्छु – जान्दैन
कोसँग पुग्छु – जान्दैन
बहिरै बस्छु कि भित्रै पुग्छु
घाँटीमा बस्छु कि फोक्सोमा पुग्छु
मुटुमा बस्छु कि दिमागमा पुग्छु
उ केही जान्दैन
उ त बास खोजिरहेछ,
केवल बास ।

कसलाई मार्दै छु भन्ने पनि जान्दैन उ
न त जान्दछ अर्थतन्त्र
न बुझेको छ उसले कालो र गोरो रङ्गहरू
न चिन्दछ अमेरिका, चिन र भारतहरू
उसको लागि राजा कुन, रैती कुन
महल कुन, झुपडी कुन
जहाँ भेट्छ, त्यहीँ बस्छ
उ त खोजिरहेछ,
केवल बास ।

उ त यो पनि जान्दैन कि मानव के हो ?
कुनै पशु चिन्दैन उ
सङ्क्रमण के हो – जान्दैन
हतियार कस्तो हुन्छ – चिनेको छैन
युद्ध उसले – बुझेको छैन
द्वन्द्व किन हुन्छ – थाहा छैन
मृत्युलाई चिनेको छैन
उसलाई त बस्नु छ,
केवल बास ।

कसैको काख रित्तिन्छ
कसैको सिउँदो पुछिन्छ
कयौँ साथहरू संधैलाई छुटिन्छ
नातागोता जान्दैन उ
आफन्त पनि चिन्दैन
उ त खोजिरहेछ,
केवल बास ।

कसलाई भेटूँ र बास बसूँ भन्छ उ
उसलाई बास चाहियो रे !
उसलाई बास दिने तपाईँ ?
सबै तपाईँको हातमा छ ।
किनभने,
उ त खोजिरहेछ,
केवल बास ।

प्रतिक्रिया दिनुहोस