१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० केजीको चामलको बोरामा तौल २५ केजी मात्रै

अ+ अ-

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।

वर्षेनी खाद्यान्न अभाव हुने बारेकोटमा वर्षमा दुई हजार ५०० क्विन्टल चामलको कोटा कम्पनीले निर्धारण गरेको छ । घोडा, खच्चडमा ढुवानी गरेर लिएको खाद्यान्नमा तोकिएअनुसारको तौल नभेटिएपछि सेवाग्रहीले विरोध गरेका छन् । सदरमुकामस्थित गोदामबाट ३० केजी तौल भएको अरुवा मध्यम खालको चामल घाट डिपोमा लिएर सर्वसाधारणलाई बिक्री गर्दा २५ केजी तौल भएको पत्ता लागेको हो ।

वर्षेनी यहाँ लिने खाद्यान्नमा तौल नपुग्नेदेखि बाटोमै चामल बिक्री हुनेसम्मका घटना हुँदै आएका छन् । घाटस्थित व्यापार कम्पनीका प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजीबाट झरेर २५ केजी भएपछि एक हप्ताअघि गाउँपालिकालाई जानकारी गराएको बताए। उनले भने, ‘मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिएँ । त्यसपछि गाउँपालिकाबाट अध्यक्षसहितका टोली अनुगमनमा आउनुभएको थियो ।’ ‘तौल कम भएको चामललाई छुट्टै राखेर बिक्री गर्नुहोस् । यसको छानबिन गरौँला भनेर जानुभएको छ’, चौधरीले भने । अन्य चामलको तौल पुगेको भए पनि अरुवा मध्यमखालको जापानिज चामलको तौलमा निकै गडबडी भएको छ ।

वर्षेनी चामलमा नाफा लिनका लागि बीच बाटोमा गडबड गर्ने जो भए पनि कारवाही गर्नुपर्ने बारेकोट गाउँपालिका–४ का विष्णु रावतले माग गरे । उनले भने, ‘बारेकोट गाउँपालिकाका उपभोक्तामाथि राजनीति गर्ने र नाफाखोरलाई कारवाही गर्न माग गर्दछु । चामलको मूल्यमा पनि कहिले गडबडी सुनिन्छ । अहिले त चामल पनि बोरामै कम छ । एक बोराबाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् पाँच केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।’

नापतौलका सामग्री प्रयोगविहीन
यहाँ दैनिक चामल किन्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ । चामलको बोरामा लेखिएको ३० केजी देखाउँदै कार्यालयले दैनिक चामल बिक्री गरिरहेको छ । तौल लिएर मात्र चामल बिक्री गरिनुपर्ने भए पनि बोरामा लेखिएको तौल देखाएर चामल बिक्री भइरहेको पाइएको छ ।

स्थानीय राजेन्द्रविक्रम शाहीले भने, ‘नापतौलका सामग्री प्रयोग नगर्दा उपभोक्ता निकै मारमा परेका छन् । प्रायः मानिसलाई चामलको तौल लिएर मात्र खाद्यान्न खरिद गर्नुपर्छ भन्ने थाहा पनि छैन ।’ उता ढक, तराजु, स्प्रिङ काँटा कहिलेकाहीँ मात्र प्रयोग गरिन्छ । कार्यालय प्रमुख चौधरीले नापतौलका अन्य सामग्री प्रयोग नभए पनि डिजिटल काँटा प्रयोग गरिरहेको बताए । उनले भने, ‘चामलको तौलमा गडबडी देखिएपछि झन् हामीले उपभोक्तालाई चामल तौलेरै दिने गरेका छौँ ।’

चामलको तौलमा गडबडी आएको विषयमा खलङ्गा डिपोबाट नायकवाडा डिपोसम्म दुवानीको जिम्मा लिएका ठेकेदार मानबहादुर खड्काले भने, ‘कसले गडबड गरेको हो, बारेकोट जाँदैछु । अहिले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ ।’ तोकिएको समयभन्दा निकै ढिलो खाद्यान्न ढुवानी गरेका खड्काले भारी दबाबपछि मात्र अहिले ४०० क्विन्टल चामल ढुवानी गरेका छन् । कार्यालयका अनुसार उनले बारेकोटको सबै चामल ढुवानी गर्ने जिम्मा लिए पनि बीचमा ढुवानी गर्न छाड्दा कार्यालयले आफैँ ढुवानी गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले खाद्यान्नमा समस्या आएका खबर प्राप्त भएको बताए । उनले भने, ‘हामीले समस्या भएको चामल छुट्टै राख्न भनेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जसले जहाँ गडबड गरे पनि कारवाहीको दायरामा ल्याएर तोकिएको सजाय दिने बताए ।

प्रतिक्रिया दिनुहोस