काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुबाट ६ दिन अगाडि उपचारका लागि काठमाडौं आएकी उनमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
शिक्षण अस्पतालको न्युरो वार्डमा उपचाररत ती बालिकामा कोरोना संक्रमण देखिएपछि न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताएका छन् ।