बुधबारदेखि पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुधबारदेखि पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ


३१ बैशाख २०७७, बुधबार


काठमाडौं । बुधबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न तथा सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएको स्रोतले बताएको छ ।

अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।

बुधबार समाचार संकलनकालागि परिचय पत्र देखाएर प्रवेश गर्न खोजेका पत्रकारलाई सुरक्षाकर्मीले गेटमै रोकेका छन् । सुरक्षाकर्मीले पत्रकारलाई माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै भित्र पस्न दिएका छैनन् ।

पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ ।

तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस