काठमाडौं । कपिलवस्तुमा पनि थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।
कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अघि आजै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।