वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भएको छ ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये दुई पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।