काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा भारतले बनाएको सडकबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । भारतले नेपाली भूमिमा निर्माण गरेको सडक दुई देशको बीचको आपसी हित र सन्धि सम्झौता विपरीत भएको भन्दै बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पेस गरेका हुन् ।
संसदमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक, कालापानी विवादबारे कूटनीतिक समाधान चाहेको बताएका छन् । उनले समस्या समाधानको क्रममा राष्ट्रिय हितलाई सर्वोपरी राख्ने र असल मित्रता र छिमेकीलाई पनि सँगसँगै अगाडि बढाउने बताए । मन्त्री ज्ञवालीले छिटोभन्दा छिटो यस समस्या समाधानका लागि भूमिका खेल्न सबैलाई आग्रह गरेका छन् ।
उनले नक्सा सार्वजनिक गर्नु अघि सबै कुराहरु तयार गर्नु पर्नेल भएकाले केही ढिला भएको बताएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिएका छन् ।