विराटनगर । कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका हुन् ।
उनीहरुको पछिल्लो तीनवटा परीक्षणमा कोरोना नदेखिएपछि बुधबार बिहान डिस्चार्ज गरिएको छ ।
उनीहरुलाई डिस्चार्ज भएपनि केही दिन विराटनगर –१४ को रानी मर्कजमा राखिने बताइएको छ । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले निको भएकाहरुमा पनि पुनः संक्रमण देखिएकोले डिस्चार्ज भए पनि उनीहरुलाई तत्काल घर नपठाइने बताइन् ।
बैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्येकै ६ जना आज निको भएर डिस्चार्ज भएका हुन् ।