३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुखुरापालक मारमा : ‘मूल्य घट्यो, लगानी डुब्यो’

अ+ अ-

बेनी । बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश हुनुहुन्छ । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका हुन् ।

दुई हजार ३५० वटा कुखुराका चल्ला र दानापानीसहित अहिलेसम्म रु साढे सात लाखको हाराहारीमा लगानी भइसकेको भए पनि बजारमा माग र मूल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताए । ‘हिसाब गर्ने हो भने प्रतिकिलो कुखुरामा रु २४० बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो रु २०० मा बिक्री गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ’, उनले भने ।

लागतअनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा रु दुई लाख घाटा हुने निश्चित भएको उहाँले दुःखेसो पोखे । विगत १५ वर्षदेखि व्यावसायिकरुपमा कुखुरापालन गर्दै आएका कृषक कार्कीलाई फार्ममा यस पटक ५०० बढी कुखुरा मरेको र लकडाउनका कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । तीन हजार बढी कुखुरापालन गर्नसक्ने क्षमताका तीन वटा खोरलगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म रु ५० लाख खर्च गरिसकेको उनको भनाइ छ ।

लकडाउनपछि दानामा समेत प्रतिबोरा रु ५० को दरले मूल्यवृद्धि भएपछि कृषको लागत बढेको छ । ब्रोइलर कुखुरा पालक कृषकसँगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकसमेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले बताए । बेनपा–२ खवरामा चार हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भए पनि बजारमा खपत घटेका कारण समस्या सिर्जना भएको बताए ।

उनका अनुसार लकडाउनअघि एक कार्टुन अण्डालाई रु दुई हजार २०० सम्ममा बिक्री हुने भए पनि अहिले एक हजार ९०० मा बिक्री गर्न थालिएको छ । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण कुखुरापालन गर्ने कृषक मारमा परेका छन् । लकडाउनसँगै बजार सुनसान बनेको र होटल तथा रेष्टुराँ बन्द भएका कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ ।

लकडाउनको पूर्वसन्ध्यामा फार्ममा कुखुरा राखेकाको यतिबेला बिक्री गर्ने समय भइसकेको भए पनि बजार अभावले समस्या सिर्जना भएको म्याग्दी कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिव खड्काका अनुसार म्याग्दीमा दैनिक एक हजार क्विन्टल मासु खपत हुने भए पनि अहिले १०० क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ ।

म्याग्दीमा व्यावसायिकरूपमा कुखुरा पालन गर्ने ५० भन्दा बढी फार्म रहेका छन् । लकडाउनका कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भए पनि फार्ममा बिक्री गर्नका लागि तयारी भएका कुखुराले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाइ छ । यता ग्रामीण भेगमा कुखुरा पालन गरेका कृषक लकडाउनका कारण सवारी आवतजावतमा परेको प्रभावले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणका लागि ढुवानीको थप समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस