काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।
आइतबार मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनको सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति कार्यालयको पत्रमा भनिएको छ ।