१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्न र आलोचना मिडियाको संवैधानिक हक हो : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रश्न र आलोचना मिडियाको संवैधानिक हक रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै उनले प्रश्न र आलोचना मिडियाको संवैधानिक हक रहेको उल्लेख गर्दै मिडियाका प्रश्नप्रति नकारात्मक दृष्टिकोण राख्न आवश्यक नरहेको स्पष्ट बताए ।

उनले भने, ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?’

उनले ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताएका छन् ।

सभापति देउवाले प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन सरकारसँग आग्रह गरेका छन् ।

उनले कोभिड‘१९ को विश्व महामारीले एकातर्फ पत्रकारको व्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको उल्लेख गर्दै समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न माग गरेका छन् ।

उनले महामारीको मौका हेरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको बताएका छन्, ‘ संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ,’ उनले भने, ‘लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्वीकार गर्दै नेपाली कांग्रेस सदैव त्यसविरुद्ध प्रखर रुपले उभिने छ।’

उनले नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउँदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा पार्टीको ऐक्यवद्धता रहेको बताए।

प्रतिक्रिया दिनुहोस