काठमाडौं । रुपन्देही र बाँकेमा कोरोना संक्रमित भेटिएपछि त्यहाँका चार स्थान सिल गरिएको छ । शुक्रबार रुपन्देहीका २५ वर्याीय पुरुष र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि ती स्थन सिल गरिएको हो ।
कोरोना संक्रमित रुपन्देहीका २५ वर्षीय पुरुषको गाउँ कोटहिमाई १ को पुर्निहवामा पूर्णरुपमा आउजाउ बन्द गरिएको छ ।
यस्तै, नेपालगन्ज उपमहानगरपालिका ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिल गरिएको छ । ६० वर्षीय पुरुष वडा नं ८ स्थित डिस्पी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । वडा न ८ को अन्सारी मस्जिद र वडा नं १ स्थित धम्बोजीमा रहेको मस्जिद क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।