५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ


१९ बैशाख २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ गरेको छ।

सामुदायिक वन उपभोक्ता समिति उदासिपुर कैलालीका अध्यक्ष बिर्ख धामीलाई ५० हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

कैलाली गौरीसंगा नगरपालिका १० का धामीलाई सेवाग्राहीको घरायसी झगडासम्बन्धी उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलोमतोमा दु:ख दिइ सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा बिहीबार पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले गौरीगंगा नगरपालिका ८ स्थित बढैपुर बजारबाट प्रक्राउ गरिएका धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस