३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…

अ+ अ-

चितवन । एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न सकिन्छ ।

विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेत्री अधिकारी यसअघि सचिवालय सदस्य, तत्कालीन नारायणी अञ्चल इन्चार्ज भएकी थिइन् । उनी पार्टी एकीकरणअघि सो अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्ष थिइन् र अहिले पनि केन्द्रीय सदस्य छिन् । नेकपाको क्षेत्रीय कमिटीमा पनि आबद्ध छिन् ।

समाजसेवीका रुपमा पनि परिचित अधिकारी यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्यसमेत पनि छिन् तर उनी आजभोलि मूलत आफ्नो कृषि फार्ममा भेटिन्छिन् । कृषि क्षेत्रका अग्रज, पूर्वप्रशासक, विदेशबाट फर्किएका मेहेनती युवा र स्थानीयसँग सहकार्य थरी यो फार्म खोलिएको हो ।

सो समूहले भरतपुर महानगरपालिका–२४ को नयाँबस्तीमा केरुङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालनमा ल्याएको छ । ६२ बिघा जमिनमा सिँचाइको व्यवस्था गरेर यसै आवबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ । उहाँको कुनै पद छैन, यद्यपि बिहानदेखि बेलुकासम्म फार्ममै व्यस्त हुनुहुन्छ । तरकारी लगाउनेदेखि बजारीकरणसम्म उनले सक्रिय भूमिका खेल्दै आएकी छन्।

स्थानीय ९६ शेयरधनीले रु २० हजारदेखि रु एक लाखसम्म लगानी गरेर फार्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु दुई हजार भाडामा ७२ जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।

हाल यहाँबाट गोलभेँडा, खुर्सानी, भेन्टा, फ्यूसिमी, बन्दा, तनेबोडी, करेला, काँक्रो, लौका बिक्री वितरण भइरहेको छ । समूहका अध्यक्ष हरिबाबु ढकाल स्थानीयवासीलाई रोजगारी दिँदै युवा जनशक्तिलाई आकर्षण गर्न आफूहरु लागिपरेको बताउँछन् । विद्यार्थी राजनीतिमा सक्रिय अधिकारीजस्ता व्यक्ति कृषिकर्ममा लाग्दा समूहको विकाससँगै अन्यलाई नयाँ सन्देश दिइरहेको ढकालले बताए । युवा जनशक्ति कृषि कर्ममा लाग्यो भने देशले समृद्धि पाउने भन्दै उनले अधिकारीजस्ता युवा सक्रियरूपमा कृषि कर्ममा लाग्नुपर्नेमा उनले जोड दिए ।

स्थानीयदेखि माथिल्लो तहसम्म समन्वय गरिएकाले बजारीकरणमा सहयोग पुगेको ढकाल बताउँछन् । सो समूहले वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडासँग सहकार्य गरेर एकीकृत नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदान लिएर फार्मलाई विस्तार गर्ने तयारी गरेको छ । अध्यक्ष ढकालका अनुसार थोपा सिँचाइ, ग्रिनहाउस, सिकाइ केन्द्र, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट (चिसो घर) जस्ता संरचना निर्माण गरिँदै छ ।

सो वडाका अध्यक्ष कान्छा मल्ल समूहका संरक्षक हुनुहुन्छ । सो क्षेत्रलाई कृषि पर्यटन वडाका रुपमा विकास गर्न अधिकारीले उत्प्रेरित गरेको उनले बताए । मल्लको वडामा मात्रै ३०० हेक्टरभन्दा बढीमा तरकारी खेती गरिएको छ । मल्लले विद्यार्थी राजनीतिसँगै कृषि कार्यमा अधिकारी सक्रिय हुँदा अरुलाई पनि प्रेरणा मिलेको बताए । उनले भने, ‘अब युवाले जाँगर चलाउनुपर्छ, निशाजी यसको नमूना हुनुपर्छ ।’

फार्मलाई १२ वर्ष कोरियामा काम गरेर फर्किएका अनुभवी रनु भुजेलले व्यवस्थापन गर्दै आएकी छन् । सबैको तारतम्य मिलेसँगै फार्म राम्रोसँग अगाडि बढिरहेको जनाइएको छ । नेत्री अधिकारी अग्रज कृषकको उत्प्रेरणाले आफूलाई कृषि क्षेत्रमा आकर्षित गरेको बताउँछिन् । मल्ल, ढकाल, भुजेलजस्ता कृषिलाई माया गर्नेहरुको समिपमा रहेर काम गर्ने अवसर पाउँदा निकै खुशी भएको जनाउँदै अधिकारीले भनिन्, ‘बिचौलियाको अन्त्य गर्दै बारीबाट सिधैँ तरकारी भान्सासम्म पुर्‍याउनुपर्छ । अनि मात्रै कृषकले उचित मूल्य पाउँछन् ।’ बिचौलियाले कृषकको श्रम शोषण गरिरहेको आफूले अनुभव गरेको उनले बताए । अधिकारीले भने, ‘हेटौँडाबाट बसाईँ सरेर आएका यहाँका ७५ प्रतिशतभन्दा नागरिकको हातमा जग्गा धनीपूर्जा छैन । धेरै दलित बस्ती छ । यहाँ तरकारी खेतीको राम्रो वातावरण छ । हामीले पनि सामूहिकरुपमा खेतीमा हालत हालेका हौँ । गर्‍यो भने हुन्छ भन्ने आत्मविश्वास भएको छ ।’

लकडाउनको समयमा समेत बारीको तरकारी कुहिन र सर्वसाधारणको भान्सामा अभाव हुन नदिन जनप्रतिनिधिको समन्वयमा काठमाडौँ, पोखरासम्म तरकारी पुर्‍याउँदै आइएको अधिकारी बताउँछिन् । उनकै सक्रियतामा बजारीकरणको काम भइरहेको छ । समूहले घरमा आवश्यक पर्ने सबै खालका तरकारीलाई एउटै पोको पारेर सस्तो मूल्यमा घरघरमा पुर्‍याउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस