२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वामदेवजीलाई प्रधानमन्त्री बनाऔँ’ प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको विकल्प खोज्ने भए बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

बैठकको सुरुमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारबारे गम्भीर प्रश्न उठेको र सबैतिरबाट दबाब उत्पन्न भएकोले ओलीले राजीनामा दिनुपर्छ भनेसँगै प्रधानमन्त्री ओलीले दिएको जवाफ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने,’ठिक छ, तपाईँहरू प्रधानमन्त्री भइसकेको मान्छे, म पनि प्रधानमन्त्री भइसकेँ। पहिले देशलाई कोरोनाको सङ्कटबाट पार लगाऔँ। अनि, कहिल्यै प्रधानमन्त्री नभएका वामदेवजीलाई प्रधानमन्त्री बनाऔँ।’

उनले अध्यक्ष परिवर्तनको प्रसङ्गमा ओलीले पार्टीले विश्वास गरेको व्यक्ति अध्यक्ष बन्ने बताएका थिए ।

‘पार्टीले जसलाई विश्वास गर्छ, उही अध्यक्ष बने भइहाल्यो नि भन्नुभयो’, ती सदस्यले प्रधानमन्त्री ओलीलाई उधृत गर्दै भने।

बैठकमा प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि राजीनामा दिएर निकास दिन प्रधानमन्त्रीलाई भनेका थिए । नेता खनालले राजीनामा दिनुको विकल्प नरहेको बताएसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको वरीयता अपुग भएको भन्दै तीन जना पार्टी अध्यक्ष बनाएर अघि बढौँ भन्ने प्रस्ताव अगाडि सारेपछि एकाएक गरम बनेको माहौला सेलाएर सुन्य डिग्रीमा झर्यो ।

प्रधानमन्त्रीको उक्त प्रस्तावपछि नेता बामदेव गौतमले विधि र प्रक्रिया पुर्याएर निर्णय गर्न बताए । यससँगै थप छलफल २० गते गरौँ भन्दै बैठक टुंगिएको थियो । विवाद चरम उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीको सरप्राइज प्रस्तावले थप तरंग उत्पन्न भएको छ । यससँगै दाहाल-नेपाल, गौतमलगायतको गठबन्धनले अब काम नगर्ने कतिपयको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस