काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन्। ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा कोरोना देखिएको पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो। उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो।
मंगलबार पनि रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड१९) पुष्टि भएको थियो।
अहिलेसम्म १६ जना उपचारपछि घर फर्किसकेका छन्।