२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा बगेकी महिलाको जीवितै उद्धार

अ+ अ-

दार्चुला । महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ ।

जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो ।

ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए ।

झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताए । “अझै गम्भीर अवस्थामा हुनुहुन्छ”, उनले भने, “समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।”

जिल्ला अस्पालमा झण्डै पाँच घण्टा उपचारपछि थप उपचार गर्न कोहलपुर पठाइएको छ । उनलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस