१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक दूरी कायम गरी काम गर्न निर्देशन

अ+ अ-

ओखलढुङ्गा । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक विकासको काम नरोक्न निर्देशन दिएका हुन् ।

कोभिड–१९ को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएर प्रदेशमा सञ्चालित अति आवश्यक योजना स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउन सबै जिल्लामा परिपत्र गरेको उनले बताए । आज गृहजिल्लामा स्थानीय तहका प्रमुखसहितका सरोकारवालासँग अन्तक्र्रिया गर्दै राज्यमन्त्री गुरुङले रोगको डरले विकास रोक्न नहुने बताएका हुन् । ‘कोरोनाको त्रास त छँदैछ, यसबाट बच्न सतर्कता अपनाऔँ, कुनै कुरामा कमी नहोस्’, उनले भने, ‘आर्थिक वर्ष सकिन लागेको छ, रोगको डरले काम नरोकौँ । स्थानीय मजदुरको प्रयोग गरेर अलपत्र योजनाको काम तत्काल अगाडि बढाउनुहोला ।’

सामाजिक दूरी कायम गरी निर्माणको कामलाई गति दिन आग्रह गर्दै राज्यमन्त्री गुरुङले कोरोना महामारीको त्रासका बीच आगामी वर्षको बजेटको तयारी भएको जानकारी दिए ।

राज्यमन्त्री गुरुङले कोरोनाको कहरका कारण प्रदेश नं १ मा कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताए । उनले भने, ‘हामीले रु १० करोड ५० लाख रकम विनियोजन गरेर स्थानीय तहमार्फत राहत वितरणका लागि पठाएका छौँ । अहिले स्थानीय तहले राहत वितरणको काम गरिरहेका छन् ।’ प्रदेश सरकारले केही दिनअघि गाउँपालिकालाई रु पाँच लाख र नगरपालिकामा रु १० लाखका दरले राहत वितरणका लागि बजेट पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस