६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या

अ+ अ-

परशुरामधाम । सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो ।

बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी चुहिएपछि अन्तरङ्ग बिरामीलाई निकै समस्या भएको बिरामीका कुरुवा धर्मराज भट्टले जानकारी दिए । कक्षभित्र पानी चुहिने समस्याका कारण करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारिएको भट्टले बताए । उनले भने, ‘अस्पतालभित्रै पानी जमेपछि हामी पानी छल्दै बेडमा बस्नु परिरहेको छ ।’ विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट बिरामी आउँछन् ।

लकडाउनका समयमा समेत दैनिक एक सयदेखि १५० बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ । नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानीभित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैरसरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए । ‘यहाँ केही समयदेखि पानी चुहिने समस्या छ । नयाँ भवनको पानी पनि यही पुरानो भवनमा झर्छ’, उनले भने, ‘प्राविधिकहरू बोलाएर पनि समस्या समाधान गर्न खोजेका हौंँ तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो ।’

पानी रोक्नका लागि विभिन्न प्रयास गरिए पनि धेरै पानी जम्मा हुने भएकाले समस्या समाधान हुन नसकेको र नयाँ भवन निर्माणका क्रममा रहेकाले सो बनेपछि समस्या पूर्णरुपमा सामाधान हुने डा विष्टको भनाइ छ । संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षात्मा अस्पतालमा झनै समस्या हुने गरेको स्थानीयवासी महेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस