कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु


१० बैशाख २०७७, बुधबार


लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस