काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरका थप १० जनामा संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४१ पुगेको हो ।
यो सँगै उदयपुरमा मात्रै कोरोना संक्रमण हुनेको संख्या २३ पुगेको छ ।
उदयपुरका वासिन्दामा कोरोना भाइरसको संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो भने साँझ थप ९ जनामा संक्रमणको पुष्टि भएको पाइएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।