जनकपुर । भारतबाट नेपाल फर्केका एक वडाध्यक्षको कोरोना एन्टिबडी पोजेटिभ देखिएको छ ।
एक महिनापछि भारतबाट फर्केका जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।
उनी एक महिना भारत बसेर गत चैत २२ गते नेपाल आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।
क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाअध्यक्षको मात्रै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।