काठमाडौं । कोरोना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ परेका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूले सामाजिक सञ्जालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित फेला परेको भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका हुन्।
उनी शनिबार बिहान पक्राउ परेका हुन् ।
लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका थिए ।
यसबारे उजुरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।