२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा पनि स्वास्थ्यकर्मी कुटिए, हेल्थ असिस्टेन्ट संघद्वारा आपत्ति

अ+ अ-

सुनसरी । प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि बिहीबार आधा दिनसम्म धरान उपमहानगरपालिका भरीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् ।

धरान–६ पानबारीस्थित एक बिरामीलाई औषधि दिन र उपचार गर्न गइरहेका बेला विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिटेष्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले बिहीबार बिहान कुटपिट गरेपछि काम बन्द गरेका थिए ।

आफूलाई लकडाउन उल्लंघन गरेको भन्दै पानबारी प्रहरी चौकीका सइ बीबी राउतले शरीरमा नीलडाम हुने गरी कुटपिट गरेको खनालले बताएका छन् । खनालले आफू स्वास्थ्यकर्मी भएको भन्दै परिचयपत्र देखाउँदा पनि सइ राउतले त्यस्तो परिचय पत्रले नहुने सिडिओ कार्यालयले दिएको परिचयपत्र चाहिने भन्दै कुटपिट गरेका थिए ।

धरानमा आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतमा जनस्वास्थ्य अधिकृत, अहेब, हेल्थ हसिस्टेष्ट, नर्स, स्वास्थ्य स्वयंसेविकालगायत डेढ सय जना बढी कार्यरत छन् । लकडाउनको बेला पटक पटक बसेको बैठकमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई निर्बाध काम गर्न दिने सहमति भएको थियो ।

‘कोभिड १९ को विश्वव्यापी महामारीको अहिलेको विषम परिस्थितिमा जीवन र मरणको बिच रातदिन खटिरहेका स्वास्थ्यकर्मीले परिचय खुलाई अवगत गराउँदा समेत लाठी चार्ज गर्ने, हातपात गर्ने र दुर्व्यवहार गर्ने जस्तो अमानवीय क्रियाकलापहरू प्रति घोर भर्त्सना र निन्दा गर्दै घटनाको सत्य तथ्य छानबिन गरी घटनामा संलग्न जो कोही लाई अविलम्ब कानुनी कारबाही गर्न यस हेल्थ असिस्टेन्ट सङ्घ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरी जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

सङ्घले स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन र स्वास्थ्य प्राविधिकहरूको आवतजावतलाई सहिजीकिकरण गर्न गराउन नेपाल सरकार, गृह प्रशासन तथा सरोकारवाला निकायको ध्यानाकर्षणको लागी यसै प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस