डाक्टर कुटेको घटना अनुसन्धान गर्न छानविन समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डाक्टर कुटेको घटना अनुसन्धान गर्न छानविन समिति गठन


४ बैशाख २०७७, बिहिबार


काठमाडौँ । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरलाई प्रहरीले कुटपिट गरेको घटनामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्साल सहितका प्रहरी अधिकारीले बुधबार राति डाक्टरहरूमाथि कुटपिट गरेको आरोप छ।

घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।

ड्युटी सकेर फर्किरहेका डा. शम्भु खनाल, डा. तेजप्रकाश शाह र डा. विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ।

सम्बन्धित समाचार : डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न माग

चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस