२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैको घरमा चुलो नबल्ने अवस्था आउन दिन्न नगर प्रमुख– मलासी

अ+ अ-

सिलगढी । दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मञ्जु मलासीले कसैको घरमा चुलो नबल्ने अवस्था आउन नदिने बताएकी छन् ।

बुधवार नगरवासीको नाममा सम्वोदन गर्दै प्रमुख मलासीले विश्व कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमणबाट त्रसित भई रहेका बेला जनतालाई सुरक्षित रहन र धैर्य गर्न आग्रह गर्दै दैनिक खाद्य बस्तुको अभाव हुन नदिने तर्फ आफू सचेत रहेको बताएकी हुन् ।

‘लकडाउनको बेलामा दैनिक उपभोग्य बस्तुहरूको अभाव हुन दिइने छैन’ उनले भनिन् ‘खाद्यान्न अभावका कारण कुनै पनि परिवारको चुलो नबल्ने अवस्था आउन दिइने छैन भन्ने विश्वास म नगरबासीहरुलाई दिलाउन चाहन्छु ।’

लकडाउनका कारण सबै मारमा परेको भए पनि दैनिक ज्यालादारी गरेर गुजारा गर्ने श्रमिकहरू सर्वाधिक मर्कामा भएकाले उनीहरूको साँझविहीनको छाक टार्ने व्यवस्था मिलाउन नगरपालिकाले तत्काल पहल चाल्ने बताइन् । नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका घर परिवारको तथ्याङ्क सङ्कलन गरेको र उनीहरूलाई भरसक वडाकै केन्द्रबाट राहत प्राप्त गर्ने गरी नगरपालिकाले व्यवस्था मिलाई रहेको उनको भनाई छ । राहत वितरण प्रक्रियालाई पारदर्शी र वास्तविक बनाइने उनले घोषणा गरिन् ।

‘नगरभित्र रहेका १० वटा स्वास्थ्य संस्थाहरूमा ३१ जना स्वास्थ्यकर्मीहरु सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्’ उनले भनिन् ‘जिल्ला अस्पताल नगरभित्रै रहेको छ, अस्पतालमा ५ जना चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मीहरुको टोली रहेको छ । नगरभित्र ५८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सन्देशमूलक सूचना प्रसारणमा खटिएका छन्।’ उनले लकडाउनका बेला खटिने स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले ७० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिन् । स्वास्थ्यकर्मीहरुलाई आवश्यक उपकरणहरू उपलब्ध गराइएको जानकारी उनले दिइन् ।

नगरपालिकाले ३० लाख रुपैयाँ बराबरको“कोरोना भाइरस सङ्क्रमण रोकथाम कोष” स्थापना गरी उक्त कोषमा आवश्यक सहयोग गर्न सार्वजनिक रूपमा अपिल गरिएको उनले बताइन् । राहत सामाग्री वितरण एकद्धार प्रणालीबाट गरिने गरी सूचना सार्वजनिक गरिएको र यस अनुसार निजी क्षेत्रबाट राहत सामग्री सहयोग गर्ने कार्य पनि प्रारम्भ भइसकेको उनले जानकारी दिइन । ‘क्षणिक उपचारका लागी आकस्मिक औषधी आपूर्ति गरिएको छ ।’ उनले थपिन्

प्रतिक्रिया दिनुहोस