तीन जनामा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ सनसिटी अपार्टमेन्ट सिल्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन जनामा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ सनसिटी अपार्टमेन्ट सिल्ड


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन सदस्यलाई र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्ट सिल गरिएको छ। अपार्टमेन्ट भित्र बस्ने कसैलाई बाहिर जान रोक लगाईएको छ भने बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

पाँच सय परिवार रहेको अपार्टमेन्टमा हाल कति जना बसोबास गरिरहेका छन् भन्ने यकिन छैन ।

चैत ५ गते लन्डनबाट फर्किएको एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। लगत्तै उनीहरूलाई पाटन अस्तपालको आइसोलेसनमा भर्ना गरिएको छ।

कहिलेकाहीँ र्‍यापिड किटले शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी देखाए पनि कोरोना भाइरस नहुन सक्छ। बाग्लुङकी एक महिलाको परीक्षणमा किटले पोजेटिभ देखाए पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

शरीरमा एन्टिबडी पनि छ र कोरोना भाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

Tags :
प्रतिक्रिया दिनुहोस