२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको स्वाब परीक्षणको रिपोट सत प्रतिशत नेगेटिभ

अ+ अ-

डोटी । डोटीका विभिन्न क्वारेन्टिनमा बसेका ३ सय ३० जना व्यक्तिहरूमा गरिएको थ्रोट स्वाब परीक्षणको रिपोट शतप्रतिशत नेगेटिभ आएको छ ।

चैत्र २६ गते स्वास्थ्य मन्त्रालयले हेलिकप्टर मार्फत नेपाली सेनाद्वारा डोटीका ९ वटै स्थानीय तहका क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा गरिएको कोरोना भाइरसको स्वाव परीक्षणको सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा डोटीबाट सङ्कलन गरिएका ३ सय ३० जनाको नै नतिजा ‘नेगेटिभ’ आएका छ’

कूल स्वाव परीक्षण गरिएकामध्ये ३ सय ५ जना भारतबाट आएर क्वारेन्टिनमा राखिएका मानिसहरू हुन भने बाँकी २५ जनाहरू स्थानीय केही जनप्रतिनिधि, सुरक्षाकर्मी र कामदारहरू रहेको समेत प्रमुख मलासीले बताए ।

स्थानीय तह अनुसार दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र के.आई. सिंह गाउँपालिकाका राजपुरबाट स्वाव सङ्कलन गरिएका ५० जना, शिखर नगरपालिकाको बन्लेकबाट स्वाव सङ्कलन गरिएका ३४ जना, शिखर नगरपालिकाकै धुर्काेटबाट स्वाव लिइएका ५० जना, यसैगरी आदर्श गाउँपालिकाका ७० जना र सायल गाउँपालिकाका ५ जना मौवानगरदहबाट स्वाव सङ्कलन गरिएका ७५ जना, बोगटान फुड्सिल गाउँपालिकाको चवराचौताराबाट स्वाव सङ्कलन गरिएका ७६ जना, बडिकेदार गाउँपालिकाका ३८ जना र जोरायल गाउँपालिकाका ७ जना गरी विपी नगरबाट स्वाव सङ्कलन गरिएका ४५ जना गरी ३ सय ३० जनाको स्वाव सङ्कलन गरिएको थियो ।

जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न क्वारेन्टिनमा ४ सय ४९ जना मानिसहरू रहेका थिए । स्वाव परीक्षण गरिएका मध्यको नतिजा आएसँगै सबैलाई क्वारेन्टिनबाट घर पठाइने स्वास्थ्य कार्यालय डोटीका कोरोना भाइरस सम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी लिएका छन् ।

२ सय ५७ जना र अन्य क्वारेन्टिनमा रहेका तर र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरी नतिजा ‘नन रिएक्टिभ’ आएका ८० जना गरी जम्मा ३ सय ३७ जनालाई आइतबार नै क्वारेन्टिनबाट घर पठाइएको थियो भने सोमबार सम्मका लागि ८७ जना मात्रै क्वारेन्टिनमा बाँकी रहेका थिए । बाकी रहेकालाई सोमबार घर पठाइने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस