२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलितको घरमा रित्तियो भकारी

अ+ अ-

जाजरकोट । बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ ।

नेपालीले भने, “कमाइ गर्न भारत गएका छोराबुहारी आउन पाएन्न्, मेरो एकल महिला भत्ताबाट साहुको ऋण तिरेँ । अहिले खानाको जोहो गर्न निकै समस्या छ ।”

शान्तिलाई जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ । उनले भने, “ऋण काढेर श्रीमान कमाइ गर्न भारत जानुभयो, चैत महिनामा आउने भन्दै हुनुहुन्थ्यो तर गाडीको टिकट काटे पनि लकडाउनपछि आउन पाउनु भएन । यहाँ खर्च र खाद्यान्न सकिएको छ ।”

परिवार पाल्ने चिन्तामा परेकी पवित्राले थपिन्, “मकै राखेको भकारी रित्तो भयो, चार छोराछोरीलाई कसरी साँझ बिहान खाना खुवाउनु ? मालिक छिटो कालापारबाट आएको भए केही हुने थियो ।”

अयर्ना गाउँकै तोल्मा नेपालीले लकडाउनअघि गाउँका विकास निर्माणका काम गदैँ ज्यालाबाट आएको कमाइले छोराछोरीलाई खाना दिने काम भएकामा अहिले समस्या भएको गुनासो गरे । उनले भने “कसरी खानाको व्यवस्थाप गर्ने र कमाइ गर्ने ? श्रीमान बितिसक्नुभयो । अहिले घर व्यवहार सबै मेरो जिम्मामा छ ।”

दैनिक मजदुरी गरेर छाक टार्ने र वर्षेनी भारत गएर कमाइ गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका दलित समुदायको वाध्यता हो । नयाँ बाली नपाकेको र पुरानो बाली सकिएको वेला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यमा परेका छन् । आफ्नो उत्पादनबाट यी परिवारलाई छ महिनामात्र खान पुग्छ ।

बारेकोट गाउँपालिकाले अझै गरिब परिवारको लागत सङ्कलन गरिसकेको छैन । गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले झण्डै ४ सय घरधुरी गरिबीको रेखामुनी रहेको र लगक सङ्कलन भइरहेको बताए ।

कुशे गाउँपालिकामा यस्तै समस्या छ । गाउँपालिकाले गरिब घरधुरी छान्दा १७० घर बनाएको थियो, अहिले गाउँपालिकामा १ हजार भन्दा बढी घरधुरीबाट खाद्यान्न मौखिक माग आएको छ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परको सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

भेरी नगरपालिकाले पनि राहत वितरणको काम सुरु गरेको छैन । छेडागाड नगरपालिकामा पनि राहत वितरणमा समस्या परेको छ । सबैलाई दिन बजेट नपुग्ने सो पालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए ।

नलगाड नगरपालिकाले भने गरिब घरधुरीको पहिचान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । सो पालिकाले वडा ७ र ८ बाट राहत वितरण शुरु गरेको थियो ।

यता जुनिचाँदे गाउँपालिकामा राहत वितरणको लागि सदरमुकामस्थित खाद्य संस्थाबाट ५२ क्विन्टल चामल, सोही मात्रमा आयोडिन युन र दाल खरिद भइसकेकोले आजबाट वितरण हुने प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । शिवालय गाउँपालिकाले १५० जना गरिब परिवार छनोट गरी राहत वितरणको काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस