२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

अ+ अ-

अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताए।

उनका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उनले बताए । सशस्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रिनगर र खक्रौला नाकाबाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षासँगै निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४सैँ घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस