२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

अ+ अ-

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ।

लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिए। रेष्टुराँले १८० प्रहरी, कोभिडको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोभिडसम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ र कोभिडको आशङ्का लागेका बिरामी बोक्न सरकारले तयार पारेको २५ एम्बुलेन्सका चालकलाई खाना खुवाउँदै आएको छ।

देशमा आइपरेको विपद्का बेला त्यतिकै घरमा बस्नुभन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भावनाका साथ खाना खुवाउँदै आएको सञ्चालक योञ्जनले बताए। शुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडि बढे पनि लकडाउन बढ्दै गएकाले रेष्टुराँको सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै थपिएमा लकडाउन अवधिभर खाना खुवाउने रेष्टुराँले जनाएको छ। डल्लेले सुरक्षाकर्मी र चिकित्सकसहित दुःख र समस्यामा परेकालाई पनि खाना खुवाउँदै आएको छ। डल्लेको हालसम्म नौवटा आउटलेट सञ्चालनमा छ। यसअघि विसं २०७२ को भूकम्पको बेलामा यसले पनि निःशुल्क खाना खुवाएको थियो। रासस

प्रतिक्रिया दिनुहोस