१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : भारतमा मृत्यु हुनेको संख्या ११८ पुग्यो, ४ हजार बढी संक्रमित

अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ । यो समाचार तयार पार्दासम्म ४ हजार ३ सय १४ जना संक्रमित भएका छन् ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको यो भाइरसका कारण विश्वभर ६९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने १२ लाख ७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

भारतमा ३ सय २८ जनालाइृ निको भएको छ भने ३ हजार ८ सय ६८ केस एक्टिभ छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्क बमोजिम तीन हजार ६६६ जनामा कोरोनाभाइरस सक्रिय छन् । २९१ जना निको भई घर फर्केका छन् । संक्रमितमा ६५ जना विदेशी नागरिक छन् । भाइरसको संक्रमणले सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा दत्र्ता गरिएको छ ।

आर्थिक राजधानी मुम्बई शहर पर्ने महाराष्ट्रमा मात्रै ४५ जना मृत्यु दत्र्ता गरिएको छ । गुजरातमा ११, मध्यप्रदेशमा नौ तथा तेलङ्गाना र दिल्लीमा सातसात जनाको मृत्यु भएको हो ।

कोरोनाभाइरस संक्रमितको संख्या पनि महाराष्ट्रमा सबैभन्दा बढी छन् । जहाँ ६९० वटा संक्रमण दत्र्ता गरिएको छ । तामीलनाडूमा ५७१, राजधानी दिल्लीमा ५०३ जनामा संक्रमणको पुष्टि भएको छ । तेलङ्गानामा ३२१, केरलामा ३१४ र राजस्थानमा २५३ जना संक्रमित फेला परेका छन् ।

पश्चिमी नेपालसँग जोडिएको भारतको उत्तरप्रदेशमा २२७ तथा आन्ध्रप्रदेशमा २२६, मध्यप्रदेशमा १६५, १५१ जना कर्नाटका र १२२ जना गुजरात राज्यमा संक्रमितको पहिचान गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जम्मु काश्मीरमा १०६, हरियाणामा ८४, पश्चिम बङ्गालमा ८०, पञ्जाबमा ६८ जनामा संक्रमणको पुष्टि भएको छ । नेपाली भूभागसँग लामो दूरीमा सीमा जोडिएको भारतको बिहार राज्यमा भने ३० जनामा संक्रमणको पुष्टि भएको छ । अस्साम र उत्तराखण्डमा सामान २६ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस