२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रिटेनका प्रधानमन्त्री अस्पताल भर्ना

अ+ अ-

काठमाडौँ। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् ।

आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोरोना भाइरस(कोभिड–१९) का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएका हुन् ।

डाउनिङ स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छः ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।’

बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ ।

‘कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । उनले आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् । ‘सबै अमेरिकीहरुले उहाँको लागि प्रार्थना गरिरहेका छन् । उनी मेरा असल मित्र हुन् । उनी ठूला जेन्टलम्यान र ठूला नेता हुन्’ ट्रम्पले भनेका छन् ‘म ढुक्क छु कि उनी ठीक हुन्छन्, किनकी उनी बलिया मान्छे हुन् ।’

प्रतिक्रिया दिनुहोस