१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाका तीन स्थानीय तहमा विपद् कोष

अ+ अ-

दार्चुला । दार्चुलाका तीन स्थानीय तहले कोरोना माहामारी रोकथाम तथा विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम व्यवस्थपनका लागि स्थानीय तहले कोष स्थापना गरेका हुन् ।

दार्चुलाको नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विपद् व्यवस्थापन कोराना माहामारी रोकथाम कोष निर्माण गरेका हुन् । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा शनिबार बसेको गाउँ कार्यपालिका बैठकले कोराना भाइरस तथा विपद् व्यवस्थापन नियन्त्रणका लागि कोष बनाउने निर्णय गरेको हो ।

नौगाड गाउँपालिकाले विपद् कोषमा रु नौ लाख ७४ हजार बजेट विनियोजन गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने रु तीन लाख पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए ।

मार्मा गाउँपालिकाले कोराना भाइरस रोकथाम र व्यवस्थापनको लागि रु १५ लाख बजेट विनियोजन गरी विपद् कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए । शैल्यशिखर नगरपालिकाले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु २५ लाखको विपद् कोष निर्माण गरेको नगरप्रमुख अमरसिंह धामीले जानकारी दिए । उक्त कोषमा नगरपालिकाले रु २१ लाख र सुदूरपश्चिम सरकारबाट प्राप्त हुने रु चार लाख सोही कोषमा राख्ने निर्णय गरेको हो ।

नौगाड गाउँपालिकाले विपद् कोषमा कर्मचारी तथा नौगाड गाउँपालिकाभित्र र बाहिर रहेका व्यक्तिले स्वःस्फूर्तरूपमा सहयोग गर्न सक्ने जनाएको छ । साथै गाउँपालिकाले अब उप्रान्त गाउँपालिकामा प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ भने हालसम्म गाउँपालिकाले हरेक वडामा हुने गरी ९६ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा १६ जना बसेका छन् । अझै क्वारेन्टाइन अभाव हुने भन्दै थप क्वारेन्टाइन निर्माण गर्ने तथा भारतलगायतका शहरबाट गाउँ फर्किएका हरेक व्यक्तिलाई वडाअनुसार स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्णय गरिएको अध्यक्ष धामीको भनाइ छ ।

क्वारेन्टाइन र हेल्थ डेस्क र स्वास्थ्य संस्थामा चाहिने औषधिलगायतका उपकरणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकाले हरेक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउने तथा गाउँपालिकाभरि रहेका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइलगायतलाई २४सै घण्टा खुला राख्ने निर्णय गरेको छ ।

शैल्यशिखर नगरपालिकाले विपद् कोषमा नगर कार्यपालिका पदाधिकारीको तीन दिनको बैठकभत्ता, नगरपापलिकाबाट नियुक्त भएका शिक्षकबाट तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।

नगरपालिकाले कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि २४सै घण्टा खटिने कर्मचारका लागि ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको छ । कोरानाका आङ्शकामा जाँचका लागि गोकुलेश्वर अस्पतालसम्म पुग्ने बिरामी र नगरपालिकाभित्रका नागरिकलाई उपचारको लागि बाहिर लैजाँदा एम्बुलेन्समा ५० प्रतिशत रकम छुट दिनेजस्ता निर्णय गरिएको विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस