२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको कहर : दुहेको दूध गाईलाई नै खुवाउँदै

अ+ अ-

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही दिन यता जारी लकडाउनका कारण गोठमा न पराल, छ नत दाना । जेनतेन पाखाबाट स्याउला थपथाप गरी अहिलेसम्म गाई बचाएको बताउँदै आचार्यले यो क्रम लम्बिने हो भने तिनीहरूलाई बचाउन पनि मुस्किल भएको दुःखेसो गरे ।

“’खै यो लकडाउन कति दिन लम्बिने हो, दाना, पराल सबै सकिएको छ’, उनले भने, ‘व्यावसायिक गाई पालन थालेको एक दशक बित्यो तर यस्तो दुःख त पहिलो पटक भोग्नु पर्‍यो ।’ नाका बन्दीको समयमा पराल तथा दाना आपूर्तिमा सामान्य समस्या भोगे पनि अहिलेको जस्तो त कल्पना नै नगरेको उनले बताए । एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेका उनले त्यस यता गर्दै आएको गाईपालन अहिले भने आचार्य गाई फार्ममा परिणत छ ।

गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उनले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि बढाएका छन् । गाईफार्ममा डेढ करोडभन्दा बढी लगानी गरिसकेका उनलाई अहिले भने दाना र पराल अभाव भएपछि भएका गाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षेको कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताए । त्यहाँको बसाइँले उनलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बने ।

घरपरिवारको जीविकोपार्जन त छँदै छ आम्दानीका साथै अरुलाई पनि रोजगारी दिँदै आएका आचार्यले अहिले भने लकडाउनका कारण व्यवसाय धान्न नै मुस्किल परेको गुनासो गरेयो । उनका अनुसार लकडाउन शुरु भए लगत्तैदेखि पराल तथा दाना सकिएका कारण दूधको उत्पादन पनि घटेको छ । ‘लकडाउन अघि दैनिक ३०० लिटरसम्म दूधको उत्पादन हुने गर्दथ्यो अहिले भने २०० लिटर पुर्‍याउन पनि धौं धौं हुने गरेको छ,’ उनले भने, ‘दाना पराल पर्याप्त नभपछि दूधमा गुणस्तर कम हुँदै फ्याट कमी भएपछि विगतको मूल्य समेत पाउन सकिएको छैन ।’

दूध सङ्कलन केन्द्रमा पुर्‍याइने दूध पनि फ्याटको आधारमा प्रतिलिटर ५५र५६ रुपैयाँ लिने गरेकामा अहिले फ्याट कम हुन थालेपछि प्रतिलिटर ५० को हाराहारीमा झर्ने गरेको कृषकको गुनासो छ । लकडाउनका कारण बजारमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केपछि दूधका उपभोक्ता घटेसँगै उत्पादित दूधले पनि बजार नपाएको उनले दुःखेसो पोखे । उनका अनुसार दूधले बजार नपाएपछि दुहेको दूध पनि आधाआधी गाईलाई नै खुवाउनुपर्ने बाध्यता बनेको छ ।

गाईपालनसँगै तरकारी खेती समेत गर्दै आएका आचार्यको बारीमा यतिखेर बन्दा छिप्पिँदै गएका छन् । यतिखेर तरकारी खेतीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोच राखेको बताउँदै उनले बन्दाका लागि बजार नपाए पछि उक्त सोचाई पनि सपना जस्तै बनेको पीडा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस