१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टर चार्टर गरी गाउँपालिकामा औषधि

अ+ अ-

डोल्पा । डोल्पामा हेलिकप्टर चार्टर गरी गाउँपालिकामा औषधि लगिएको छ । जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकाले काठमाडौँबाट हेलिकप्टर चार्टर गरी गाउँपालिमा औषधि र केही उपकरणहरू लगेको हो ।

बिहीबार बिहानै करिब ४ लाख हाराहारीको औषधि हेलिकप्टरबाट शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ पुर्‍याइएको स्वास्थ्य इन्चार्ज एचए निमादार्के गुरुङले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले मास्क, सेनेटाइजर, साबुन, क्वारेन्टाइन निर्माणको लागि ब्लाङकेट, लगायत स्वास्थ्य चौकीका लागि चाहिने अन्य औषधि र अक्सिजन कन्स्ट्रक्सन गरी ३ क्विन्टल भन्दा धेरै औषधि र उपकरण गाउँपालिकाको केन्द्रमा पुर्‍याएको बताए ।

गाउँपालिकाले ७ लाख पच्चीस हजारमा हेलिकप्टर चार्टर गरेर स्थानीयको लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामाग्रीहरू लगेको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले जानकारी दिए ।

भौगोलिक रूपमा सबैभन्दा ठुलो गाउँपालिकाको रूपमा शे–फोक्सुन्डो गाउँपालिका पर्दछ ।

भूगोलमा ठुलो र चीनको तिब्बतसँग सीमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकप्टरबाटै औषधि र सामाग्रीहरू लगेको गाउँपालिका अध्यक्ष गुरुङले दाबी गरे ।

यति बेला चिनको तिब्बततिरको नाका हिउँले शील गरेपछि तिब्बतबाट भन्दा पनि सहर वाट आउने मानिसहरूबाट खतरा बढी रहेकोले तत्काल क्वारेन्टिन निर्माण गर्ने र नागरिकलाई सचेत गराउने अत्यावश्यक रहेकोले आफूहरू लागि परिरहेको स्वास्थ्य इन्चार्ज निमादार्के गुरुङले जानकारी दिए ।

माथिल्लो डोल्पा यति बेला हिउँले सेताम्मे भएकोले तिब्बतको नाका प्राकृतिक रूपमा बन्द रहेको र तल्लो डोल्पाबाट मानिसहरू सहजै जान नसक्ने भएकोले पनि तत्काल कुनै खतरा नरहेको गाउँपालिकाको दाबी छ । तर उनीहरू भन्छन् हामी निरन्तर लागी रहेका छौ अध्यक्ष टासिटुण्डुप गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस