१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिपुरासुन्दरीमा स्थानीयवासीले ठड्याए लिङ्गा

अ+ अ-

डोल्पा । नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा लिङ्गा ठड्याइएको छ । लकडाउनका बीच पनि चैते दशैँ अर्थात चैत्र शुक्ल अष्टमीका दिन भगवती, चण्डिका, महाराज र कालीका देवीका चारवटै काठका लिङ्गा ढलाएर ध्वजा पताका टाँगेर ठड्याइएको हो । यस वर्ष दुई वटा नयाँ लिङ्गा थपेर ठड्याइएको र पुराना लिङ्गा हटाइएको पुजारीहरुले बताएका छन् ।

कोरोना भाइरस विरुद्ध पूर्वसतर्कता अपनाउन सरकारले लडकडाउन घोषणा गरेपछि स्थानीयवासीलाई मात्र लिङ्गा ठड्याउन हम्मेहम्मे परेको थियो । एउटै लिङ्गा २० देखि ३० मिटरसम्म लामा हुने भएकाले पनि ढलाएर ठड्याउन मुस्किल हुने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी तुलराम शाहीले बताए । त्रिपुरासुन्दरी देवीका आशिर्वादका कारण मान्छेहरुले सोचे जस्तै गाह्रो नहुने र प्रत्येक वर्ष सजिलै ठड्याउन सकिने शाहीले जानकारी दिए।

अनौठो भूगोल र अग्लो ठाउँमा मन्दिर भएकाले जोडले हावा चलेर लिङ्गा ठड्याउन गाह्रो हुने बताइन्छ । माता त्रिपुरासुन्दरी कृपाले केही पनि नहुने भन्दै लिङ्गा ठड्याउने काममा सरिक हुन त्रिपुराकोट, गल्ली, रल्ली र मद्धु, छल, पहाडालगायतका गाउँबाट भक्तजनहरु आएका थिए । कुलदेवी त्रिपुरासुन्दरीको लिङ्गा ठड्याउने काममा सरिक भए सबैको मनोकामना पूरा हुने उपस्थित भक्तजनहरुले बताए ।

सेना आएन
प्रत्येक वर्ष दुई पटक लिङ्गा ठड्याउन आउने सुलिगाडस्थित नेपाली सेनाको टोली यस पटक भने आएन । सरकारले घोषणा गरेका लकडाउनका कारण धेरै मान्छेहरुको भिडभाड हुने त्यस्तो ठाउँमा जान अनुमति नभएकाले आउन नसकिएको सेनाले जनाएको छ ।

सेनालगायत जिल्लाबाट आउने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली यस वर्ष नआएपछि स्थानीयवासीहरु मिलेर लिङ्गा ठड्याउन सफल भएका थिए । प्रहरीको टोली सुरक्षाका लागि भने मन्दिरमा पुगेको थियो । त्रिपुरासुन्दरी मन्दिरका लिङ्गा वर्षमा दुई पटक ढलाएर ठड्याउने गरिन्छ । चैत्र शुक्ल अष्टमी र असोज शुक्ल अष्टमीमा लिङ्गाहरु ढलाएर ध्वजा पताकासहित ठड्याउने प्रचलन रहेको छ ।

सुनसान दशैँ
सानो दशैँका रूपमा मनाइने चैत्र शुक्ल अष्टमीमा यसपटक भक्तजनहरु कम आएकाले सुनसान भएको छ । अघिल्लो वर्ष यतिखेर विभिन्न जिल्लाबाट भक्तजनहरु आएर भरिभराउन हुने गर्थ्यो । यस वर्ष धेरै कम भक्तजन आएको मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले जानकारी दिए । यस अवधिमा घटस्थापनादेखि नवमीसम्म बोका बलिसहितको देवीको विशेष पूजाआजा हुने गर्दछ भने देवीको दर्शन गर्नाले मनले सोचेको पूरा हुने विश्वास रहेको छ ।

सरकारले घोषण गरेको लकडाउनका कारणले पनि कम मान्छे आएको पुजारीहरुको भनाइ छ । यस वर्ष भक्तजनहरू नआएकै कारणल दशैँलाई लक्षित गर्दै स्थानीय होटेल पसलहरु भने खोलिएनन् । नगरपालिकाले भने मन्दिरस्थित कालो ढोकामा स्वास्थ्य शिविर खडा गरेर मन्दिरमा आउने भक्तजनको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस