५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको ठाडो आदेशमा सम्झौता रद्द भएको खुलासा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द भएको खुलेको छ ।

प्रधानमन्त्रीका एक विश्वासपात्रले सप्रमाण नै स्वास्थ्य सामग्री खरिदमा आर्थिक चलखेल भएको तथ्यसहित पेस गरेसँगै प्रधानमन्त्रीले तत्काल एक्सन लिएको उच्च स्रोतले प्रशासनलाई बतायो ।

चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे सल्लाहकार टिममध्येबाटै गलत ब्रिफिङ भएको र सो कुरा थाहा पाउने बित्तिकै प्रधानमन्त्रीले केही व्यक्तिलाई बोलाएर हप्काउनु भएकोसमेत स्रोतले बताएको छ ।

‘किन यस्तो भयो र यस्तो अवस्था कसरी आयो भनेर प्रधानमन्त्रीज्यूले व्यापक साँचो लिएर सबैतिर बुझेपछि आदेश दिनु भएको हो’, ती स्रोतले भने, ‘केही व्यक्तिलाई ठाडै हकार्नु भएको छ’

खरिद प्रकरणबारे भइरहेको चौतर्फी आलोचनासँगै यथार्थ बुझेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई फोन गरेर तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिएका थिए ।

प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्द गरेको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसारको सामान नल्याएको र ल्याउन नसक्ने देखिएपछि सम्झौता रद्द गरेको उनले बताएका थिए ।

कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकि भई रहँदा नेपालमा भने औषधिमै भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य मन्त्रालयका पदाधिकारीसहित सिँगो सरकारको नै आलोचना भइरहेको छ । स्वास्थ्य विभागले बजार मूल्यभन्दा अति महँगोमा सामान ल्याएर खुलेआम भ्रष्टाचार गरेको भन्दै त्यसको चौतर्फी विरोधसमेत भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद गरेको सामाग्रीको खरिद मूल्य सार्वजनिक भए लगत्तै मूल्यमाथि चौतर्फी प्रश्न उठ्न थालेपछि आइतबार मात्रै स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका थिए । यद्यपि मूल्य महँगो भएको भने तत्काल स्वीकार गरेका थिए । किन पनि भने अहिलेको विश्वमा कुन कम्पनीको कुन उत्पादनको मूल्य कति भन्नेबारे तत्काल जानकारी लिन सकिने कुरा नकार्न नसकेपछि उनले सो कुरा स्वीकारेका थिए ।

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नभएको स्वास्थ्य विभागको स्पष्टोक्ति

उनले दाबी गरेको चौथो दिन आफैले रद्द गरेको घोषणा गरेका छन् ।

त्यति मात्रै होइन नेपालका मेडिकल सप्लायर्सहरुले नै चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र गुणस्तरमाथि प्रश्न उठाएसँगै थप रहस्यहरू बाहिरिएको थियो ।

आइतबार मन्त्रालयले नेपालका सप्लायर्ससहरुसँग छलफल गरेर मात्र यो खरिद गरिएको र अभावका बेला केही महँगो भएको हुनसक्ने तर भ्रष्टाचार नभएको स्पष्टीकरण लगत्तै नेपाली सप्लायर्सहरुको छाता सङ्गठन रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालले मन्त्रालयको दाबीको खण्डन गर्दै खरिद प्रक्रियामा नै प्रश्न उठाएका थिए ।

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र गुणस्तरमाथि प्रश्न, मन्त्रालयको दाबीको खण्डन

गुणस्तरको बेवास्ता गरी खरिद गरिएको सामान तथा र्‍यापिड किटहरूबाट स्पेनको जस्तो नियत भोग्न नपरोस् भन्ने चेतावनीसमेत सङ्घले सोही विज्ञप्तिमार्फत दिएको थियो तर मन्त्रालय तथा विभागले अटेर गरी बसे ।

प्रतिक्रिया दिनुहोस