१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

अ+ अ-

कञ्चनपुर । कोरोना भाइरस (कोभिड –१९) को शंकास्पद बिरामीलाई अस्पतालमा पु¥याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए। उनले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताए । नगर प्रमुख चौधरीले भने, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अबधि भरी स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशत र ‘क्वारेन्टाइन/आइसोलेसनमा खटिने कर्मचारीलाई खाइपाई आएको तलवको शत प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेका छौं ।’

सो भाइरस सम्भावित जोखिम हुन नदिन आवश्यक पर्ने बजेट चालु शीर्षकको उप शीर्षकबाट रकमान्तर गर्ने र कार्यरत स्वास्थ्यकर्मी अपुग हुने भएकाले स्वीकृत बजेटको परिधिभित्र रहि आवश्यकता अनुसार सम्झौता गरी कामकाजमा लगाउने निर्णय समेत सो नगरपालिकाले गरेको छ ।

नगरपालिकाले नेपाल भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा लकडाउनको समयमा आवतजावत शून्य रहेकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र आइसोलेसनमा कामकाज गर्न खटाउने निर्णय कार्यान्वयनमा ल्याएको नगर प्रमुख चौधरीको भनाइ छ । नगरपालिकाले कोरोना भाइरसाका शंकास्पद विरामीलाई राख्नका ल ५ श्ययाको आइसोलेसन कक्ष र ४५ श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । नगरपालिकाको नव निर्मित भवनमा आइसोलेसन र क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

नगरपालिका भारतसंग सीमा जोडिएको नगरपालिकाले भएकाले निकै चुनौती छ नगर प्रमुख चौधरीले भने, ‘सीमा नाका पूर्ण रुपमा बन्द गरिएको भएपनि खुला सीमा क्षेत्रको फाइदा उठाउदै भारतबाट आउने यात्रुहरु छिर्न सक्ने भएकाले सतर्कता अपनाएका छौं ।’ शंकास्पद विरामी देखा परे क्वारेन्टाइनमा राखेर निगरानी बढाईने र सो भाइरसको लक्षण देखिए आइसोलेसनका राखेर उपचार गरिने उनले बताए ।

नगरपालिकाले भारत लगायत अन्य मुलुकबाट आएका बासिन्दालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न र स्वास्थ्य समस्या देखिएमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस