२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

अ+ अ-

कास्की । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा रु १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताएइएको छ ।

त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको दलका सचेतक गायत्री गुरुङले बताइन्। ‘हामीले हाम्रो दलको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिना, प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन र अधिकतम इच्छानुसार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेका छौँ’, सचेतक गुरुङले भने । नेकपाको तर्फबाट गण्डकी प्रदेशसभामा ४० सदस्य छन् ।

त्यसैगरी प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्नुहुने भएको छ । सरकारले नियुक्त गरेका गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेश नीति तथा योजना आयोगका सदस्यद्वय डा विष्णुराज बराल र डा भीमा ढुङ्गानाले सहयोग रकम उपलब्ध गराउने भएका छन् ।

प्रदेश पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ, प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज पाण्डे, ताल विकास प्राधिकरणका प्रमुख डा. अनुप गुरुङ, मुख्मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिवद्वय सूर्यप्रसाद गुरुङ र एलिना गुरुङले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने बताएका छन् ।

एकता बचतबाट एक लाख एक हजार सहयोग
त्यसैगरी एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१५ ले आइतबार प्रदेश सरकारले स्थापना गरेको कोषमा रु एक लाख एक हजार १११ जम्मा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउछामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यही चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेपछि अहिले विभिन्न व्यक्ति तथा निजी सङ्घसंस्थाबाट समेत रकम जम्मा गर्ने क्रम शुरु भएको छ । प्रदेश सरकारले चैत १४ गते सार्वजनिक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा ‘कोरोना भाइरस नियन्त्रण र उपचार कोषका नाममा खोलिएको खाता नं ३०२०००१८८३०१ मा इच्छुक व्यक्ति तथा संस्थालाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस