बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु


१६ चैत्र २०७६, आइतबार


बुटवल । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड-९ विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु भएको हो ।

क्वारेन्टाइन राखिएका एक युवकको मृत्यु भएको हो। उनको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन। ३४ वर्षीय ती युवा चैत्र १३ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका थिए। ती युवा दुबईबाट नेपाल आएका थिए।

ती युवाको स्वाव परीक्षणको लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस