१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको एक साताको तलब प्रकोप व्यवस्थापनमा

अ+ अ-

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले एक साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधासमेत कोषमा राख्ने जानकारी दिए ।

दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङ्कलन कार्य पनि शुरु हुने निर्णय भएको छ । बैठकले वडा कार्यालयबाट उपभोग्य वस्तुको व्यवस्था मिलाउनका साथै वितरण कार्य पनि वडा कार्यालयमार्फत हुने बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा तीन दिनभित्रै नगद तथा जिन्सी सङ्कलन गरिने भएको छ । उनले भने, ‘उपभोग्य तथा नगद सङ्कलन कार्य एकद्वार प्रणालीमा हुनेछ ।’

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी, सैनामैनाले नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा रु एक लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै व्यापार सङ्घ, सैनामैनाले रु ५० हजार, सप्तऋषि बचत तथा ऋण सहकारी, सैनामैनाले रु ५० हजार, रोटरी क्लब अफ सैनामैनाले १० क्विन्टल चामल कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसविरुद्ध मुलुकमा लकडाउनको घोषणापछि खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्न सैनामैनाका सामुदायिक वन तथा उपभोक्ता समिति, खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, विभिन्न सङ्घसंस्थाले पनि कोषमा सहयोग प्रदान गर्ने बताएका छन् ।

यसैबीच सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक लकडाउनको समयमा पनि सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सास्ती भएको छ । सैनामैना–४ का दीपक अधिकारीले निजी मेडिकल तथा क्लिनिक बन्द हुँदा दम, उच्च रक्तचापलगायतका बिरामीलाई औषधि नपाउँदा अप्ठ्यारो भएको बताए । बन्द भएका मेडिकल तथा क्लिनिक नगरपालिकाको निर्देशनमा नियमित सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस