डोल्पामा ८६ जना क्वारेन्टाइनमा, खान सुत्ने व्यवस्था राम्रो नभएको गुनासो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डोल्पामा ८६ जना क्वारेन्टाइनमा, खान सुत्ने व्यवस्था राम्रो नभएको गुनासो


१६ चैत्र २०७६, आइतबार


डोल्पा । डोल्पामा ८६ जना क्वारेन्टाइनमा राखिएको छ । नेपालगन्जबाट उद्धार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो ।

विभिन्न स्थानमा स्वास्थ्य परीक्षण गरेर डोल्पा सदरमुकाम पुगेका डोल्पाका नागरिकहरूलाई डोल्पामा पनि स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्, ‘कुनै पनि नागरिकमा लक्षण देखिएको छैन हाल सम्म सामान्य छन्, तर पनि क्वारेन्टाइनमा बस्नै पर्छ ।’

कुल ५८ पुरुष २८ महिला गरी ८६ जना क्वारेन्टाइनमा छन् । जिल्लाको जुफालमा १३, डाँगिवाडामा १०, माझफालमा १६, दुनैमा ३३, डोल्पोबुद्धमा १३ र त्रिपुरा सुन्दरीमा २ जना घरमा क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

एकै साथ क्वारेन्टाइनमा राखिएका नागरिकले भने खान, बस्न, सुत्न व्यवस्थापन राम्रो नभएको भन्दै गुनासो गरेका छन् । एकै बेडमा तिनजना सम्म सुत्नुपरेको चिसोले रातभर सुत्न नसकेको उनीहरू बताउँछन् ।

‘समयमा खान पाउँदैनौँ, खाना मिठो दिन्न, पानी पनि छैन, पातलो कपडामा सुत्न सकिएन’, एक युवतीले दुखेसो पोखिन् । ‘स्थानीय सरकारले र प्रशासनले हामीलाई अपहेलना गर्‍यो कि व्यवस्थापन गर हैन भने घर जानदेउ घरमा आइसोलेशनमा बस्छौँ नत्र भने हामी अरू रोगले मर्छौँ’ क्वारेन्टाइनमा बसेका नागरिकको गुनासो छ ।

पानी र शौचालयको व्यवस्था नहुँदा समस्या आउने भन्दै समयमा त्यसको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । तर यता स्थानीय सरकरले भने व्यवस्थापनमा लागिरहेको बताउँदै सकेजति व्यवस्थापन गर्ने जनाएको छ । तर काईके गाउँपालिकाले भने आफ्ना ७ जना नागरिकलाई सबै व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले दाबी गरिन् ।

चिकित्सक प्रहरी र जनप्रतिनिधिसहित क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकाको औषधि खरिद गर्न गएका शे फोक्सुन्डो गाउँपालिकाका स्वास्थ्य इन्चार्ज रणबहादुर बुढा, ठुलीभेरी नगरपालिका–५ का वडा अध्यक्ष र अन्य जनप्रतिनिधि प्रहरी समेत क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस