कोरोना भाइरस : मृत्युदर बढ्दो, विश्वभर ३० हजार ८ सयको मृत्यु, साढे ६ लाख संक्रमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : मृत्युदर बढ्दो, विश्वभर ३० हजार ८ सयको मृत्यु, साढे ६ लाख संक्रमित


१६ चैत्र २०७६, आइतबार


काठमाडौं । कोरोना भाइसर (कोभिड १९) बाट मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३० हजार ८ सय पुगेको छ । कोरोनाका कारण मृत्युदर तिव्ररुपमा बढीरहेको छ । साढ ६ लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

सबैभन्दा बढी इटालीमा १० हजारको मृतयु भएको छ । भने ९२ हजार संक्रमित भएका छन् । स्पेनमा ५ हजार ९ सयको मृत्यु भएको छ । ३ हजार संक्रमित बनेका छन् ।

यस्तै अमेरिकामा ज्यान गुसमाउनेको संख्या दूई हजार पुगेको छ । संक्रमितको संख्या भने अन्य देशको भन्दा उच्च रहेको छ ।

चीनमा तीन हजार तीन सयको मृत्यु भएको छ । संक्रमितको संख्या ८१ हजार ४ सय छ । फ्रान्समा दुई अजारले ज्यान गुमाएका छन् भने संक्रमित ३७ हजार छन् । बेलायतमा १ हजारको मृतयु भएको छ भने १७ हजार संक्रमित छन् । इरानमा २ हजार ५ सयको मृत्यु भएको छ भने ३५ हजार ४ सय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस