कोरोना रोकथामको तयारीबारे राष्ट्रपति भण्डारीद्वारा सरकारसँग जानकारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कोरोना रोकथामको तयारीबारे राष्ट्रपति भण्डारीद्वारा सरकारसँग जानकारी


१५ चैत्र २०७६, शनिबार


काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् ।

कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएर राष्ट्रपति भण्डारीले संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको तयारीबारे बुझेकी हुन्।

राष्ट्रपतिले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यकीय सामाग्री नपुग भएको विषयदेखि अन्य तयारीका बारेमा जानकारी लिएको र संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्न भनेको स्रोतले बताएको छ ।

भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

राष्ट्रपतिसँगको छलफलपछि रक्षा मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श गर्दै ओलीसँग उनले अति विपन्न परिवारका लागि सरकारले ल्याउन तयारी गरेको आर्थिक प्याकेजका बारेमा छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस